दफा ९२
संघीय संसद सेवामा पुन कायम भएपछि पूरा तलब, भत्ता पाउने
कुनै कर्मचारीलाई संघीय संसद सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी भएको आदेश अदालतबाट रद्द भई निज संघीय संसद सेवामा पुन कायम भएमा त्यस्तो कर्मचारीले संघीय संसद सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुन कायम भएको मितिसम्मको पूरा तलब, भत्ता, चाड पर्व खर्च र तलबवृद्धि पाउनेभए सोसमेत पाउनेछ ।